NRN
अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ

अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर चौधरीको घरबाटै बरामद गरेको हो। 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको  प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैँया मूल्य बराबरको सामान जफत गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाराले चौधरीलेलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update