प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँर्दै कोशी प्रदेशले प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।
एक सय १८ रनकाे लक्ष्य पाएकाे कोशी प्रदेशले १७.४ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । ६ मध्ये ५ खेल जित्दै एपीएफपछि प्लेअफमा स्थान सुरक्षित गर्ने कोशी दोस्रो टिम हो ।
कोशी प्रदेशका लागि तिजाउन ओपनर दुई काजल श्रेष्ठ र रुबिना क्षेत्रीले शतकीय साझेदारी गरे । कप्तान रुविना क्षेत्रीले अविजित ५१ रन बनाइन् । ओपनर रुबिनाले ५५ बलमा एक छक्का र आठ चौका पनि हिर्काइन् । अर्की ओपनर काजल श्रेष्ठले ५४ रन जोडिन् । उनले ४८ बलमा आठ चौका हिर्काइन् ।
सुदूरपश्चिकी बलर अनु कडायतले दुई विकेट लिइन् ।
त्यसअघि, सुदूरपश्चिमका लागि ओपनर बिन्दू रावलले ३३, सम्झना खड्काले २७, कविता जोशीले अविजित २६ र रेवती धामीले अविजित २० रन बनाएका थिए ।
कोशीका बलर सबनम राई र अप्सरी बेगमले एक–एक विकेट लिए ।