क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा माथि आज पनि सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुँदैछ । हिजो पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
सन्दीपको तर्फबाट ६ जना वकिलले बहस गरिसकेका छन् भने अझै २ जनाको बाँकी छन् भने सुनुवाइमा जाहेरवालाको तर्फबाट १० जना वकिलले बहस गरिसकेका छन् ।
रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् ।
न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० १०:४१
प्रतिक्रिया दिनुहोस्