NRN
धरौटीमा रिहा भएका खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गते पक्राउ परेका थिए । उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन् । 

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका छन् । नियमित स्वास्थ्य जाँच गराउनुपर्ने भएकोले  उनी हिजो बैठकमा सहभागी भएका थिएनन् ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update