बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु
ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ ।
कोरिया जानका लागि इपिएस भाषा परीक्षा दिन नपाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाउँदा उक्त प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हाे । प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा करिब एक दर्जन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अर्का एक जना गम्भीर घाइते छन् ।
प्रदर्शनका क्रममा युवाहरूले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० १४:४५
प्रतिक्रिया दिनुहोस्