NRN
सांसद सिके राउतसहित ५१ जना माइतीघरबाट पक्राउ 

काठमाडौँको माइतीघरबाट जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसहित ५१ जना प्रहरीले पक्राउ गरेको छ । धोती दिवस मनाउन माइतीघरमा जम्मा भएका सांसद राउतसहित ५१ जना पक्राउ प्रहरीले पक्राउ गरेको हाे ।

जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रेका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो ।

सरकारले माइतीघरसहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हाे ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update