NRN
पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन

सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गरेको हो ।

बैठकले पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्वएआइजी अरूण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ ।

उक्त आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । 

कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबाट बालकुमारीमा धरपकड हुँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको ज्यान गएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update