NRN
युगान्डाका खेलाडी बेन्जामिन किप्लागेट केन्यामा मृत फेला

तीन ओलम्पिक खेलहरूमा युगान्डाको प्रतिनिधित्व गर्ने एथलिट बेन्जामिन किप्लागेट केन्यामा मृत फेला परेका छन् ।उनलाई छुरा प्रहार गरिएको स्थानीय समाचार संस्थाहरूले जनाएका छन् ।

बेन्जामिनको चक्कु प्रहार गरेर हत्या गरिएको हुन सक्ने समाचारहरुले जनाएका छन् । उनको शव केन्याको एल्डोरेत नजिकै कारमा फेला परेको केन्या प्रहरीले जनाएको छ । प्रहरीले घटनबारे अनुसन्धान सुरु गरेको पनि बताएको छ ।

३४ वर्षिय बेन्जामिन  सन् २०१२ लण्डन ओलम्पिकमा ३००० मिटर स्टीपलचेज प्रतियोगितामा सेमिफाइनलमा पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update