NRN
जापानको भूकम्पमा परी १३ जनाको मृत्यु

जापानको इशिकावामा गएको ७.२ म्याग्निच्युडको भूकम्पमा १३ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो इशिकावा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । 

भूकम्पपछि भत्किएका घरमा उद्धार र राहतको काम जारी छ । अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। अझै केही व्यक्ति हराइरहेको आशंका छ । ७ दशमलब ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४२ भन्दा बढी ठूला पराकम्प गइसकेका छन् । 

जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update