NRN
बढ्याे मंगलबार अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य, अरू मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । उक्त निर्धारण गरेकाे विनिमय दर अनुसार मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको मूल्य पनि बढेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार डलरको खरिददर १३२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४४ पैसामा काराेबार भएकाे डलर अघिल्लो दिनको तुलनामा ५ पैसा बढेर आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४९ पैसा कायम गरिएको छ। 

अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रूपैयाँ ५१ पैसा र बिक्रीमा ९० रूपैयाँ ९२ पैसा पाइन्छ भने क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ ३१ पैसा र बिक्रीमा १०० रूपैयाँ ७७ पैसामा काराेबार भइरहेकाे छ । 

यस्तै, आज युरो एकको खरिदमा १४६ रूपैयाँ ६७ पैसा र बिक्रीमा १४७ रूपैयाँ ३३ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५ पैसा बढेकाे हो ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा तोकिएको छ । 

यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ९२ पैसा र बिक्रीमा २९ रूपैयाँ ०५ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०९ पैसा तोकिएको छ ।कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ५१ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४७ पैसा पाइन्छ । 

कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६० पैसा तोकेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update