बालकुमारी घटना : सेनाको स्काई ट्रकमार्फत् सुर्खेत लगीयाे सुजन र वीरेन्द्रकाे शव
ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको 'स्काई ट्रक' मा राखेर लगिएको छ ।
गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत इमाडोलस्थित किष्ट अस्पतालमा र अछामका वीरेन्द्र शाहको पाटन अस्पतालमा मृत्यु भएको थियो । दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो ।
दुबैको शव मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको हो । त्यहाँबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर घर पुर्याइने प्रहरीले बताएकाे छ ।
मृतक परिवारले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको थियो । सरकारसँग सोमबार भएको छलफलमा चार बुँदे सहमति समेत भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८० १२:२८
प्रतिक्रिया दिनुहोस्