NRN
रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि

रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको छ । थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । 

योसँगै रुस-युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १० पुगेको छ । यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपाली युवाले युक्रेनसँगको लडाइँमा ज्यान गुमाइसकेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update