राष्ट्रियसभा निर्वाचनको भागबण्डाबारे सत्ता गठबन्धनले पहिले आन्तरिक रूपमा र लगत्तै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग छलफल गर्ने भएका छन् । आज बिहान बालुवाटारमै कांग्रेस र माओवादीका शीर्ष नेताबीच करिब आधा घन्टा छलफल गरेका थिए ।
सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच बुधबार अपराह्न ३ बजे बालुवाटारमा छलफल हुने भएको छ ।
कांग्रेसका तर्फबाट छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनरहने छन् ।
त्यसपछि साँझ ५ बजे फेरि नेकपा एमालेसँग छलफल हुनेछ । सत्ता गठबन्धनबीच माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा छलफल हुन लागेको हो ।