NRN
कोशीलाई ११ रनले पराजित गर्दै एपीएफ क्लबले जित्याे प्रधानमन्त्री कपकाे उपाधि

प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । कोशीलाई ११ रनले पराजित गर्दै एपीएफ क्लबले उपाधि जित्न सफल भएकाे हाे । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२, काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए भने एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १ सय १४ रन बनाएको थियो ।

एपीएफका लागि इन्दु बर्माले सर्वाधिक ५३, ज्योति पाण्डेले २७, रोमा थापाले १४ रन बनाए । सरिता मगर ९ र करुणा भण्डारी २ रनमा अविजित रहे ।

बलिङ तर्फ कोशीका लागि अप्सरी बेगमले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिइन् । अलिसा खडियाले २ विकेट लिइन् । रुविना क्षेत्री र निशा शाहले १/१ विकेट लिए ।

कोशीले पहिलो क्वालिफायर्समा एपीएफसँग ५२ रनले पराजित हुँदै दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update