NRN
घट्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे दर अनुसार बिहीबार अमेरिकी डलरको मूल्य घटेको छ ।

बुधबार एकको खरिददर १३३ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा काराेबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको ७ पैसा घटेको हो ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ५० पैसा र बिक्रीमा ८९ रूपैयाँ ९१ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ६३ पैसा र बिक्रीमा १०० रूपैयाँ ०८ पैसा पाइन्छ ।

आज युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ २२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ८८ पैसा पाइन्छ । 

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ५९ पैसा तोकिएको छ । 

यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २० पैसा र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ७१  पैसा र बिक्रीमा २८ रूपैयाँ ८४ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २६ पैसा तोकिएको छ ।बिहीबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १८ पैसा पाइन्छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update