NRN
सुनकाे मूल्य एकैदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घट्दा, चाँदी कतिमा हुँदैछ काराेबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । 

अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा प्रतितोला यो मूल्य ३० रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update