NRN
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्‍नेच्युडको भूकम्पकाे धक्का महसुस

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १०:१७ बजे भूकम्प गएको हो ।

केन्द्रका अनुसार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो । सिन्धुपाल्चोक आसपासका जिल्लाहरु काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

केन्द्रका अनुसार यो ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’ कै परकम्प हो ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update