NRN
भारतीय विदेशमन्त्री एस जयशंकरद्वारा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गरिएको छ ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार कीर्तिपुरमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । 

भारतीय सहयोगमा निर्माण गरिएको तीन तले त्रिवि पुस्तकालय भवन त्रिविलाई हस्तान्तरण पनि गरिएको छ । यो पुस्तकालय भवनमा करिब दुई हजार विद्यार्थी बसेर अध्ययन गर्न सकिने त्रिविले जनाएको छ। 

उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update