नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ५७ पैसा र बिक्रीमा १४६ रूपैयाँ २३ पैसा कायम गरिएको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ७३ पैसा र बिक्रीमा १०० रूपैयाँ १८ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ५१ पैसा र बिक्रीमा ८९ रूपैयाँ ९२ पैसामा काराेबार भइरहेकाे छ ।
त्यसैगरी, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५९ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५९ पैसा तोकिएको छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०४ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ १४ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १० पैसा पाइन्छ ।
शुक्रबार युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३४ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ६७ पैसा र बिक्रीमा २८ रूपैयाँ ८० पैसा पाइन्छ ।