NRN
नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता

नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार मध्याह्नमा स्वदेश फिर्ता भएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरे । जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए भने आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो । 

शुक्रबार बिहान उनले पशुपतिनाथ मन्दिर परिसरको दर्शन र त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गरेका थिए ।   

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update