NRN
अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री 'प्रचण्ड' ले पाए सफाइ

अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सफाइ पाएका छन् ।

२०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री 'प्रचण्ड'विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले प्रधानमन्त्री 'प्रचण्ड'लाई सफाइ दिएको हो । सर्वोच्च अदालतले 'प्रचण्ड'ले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो ।

प्रचण्डले शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरसरहको व्यवहार गरे अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठी लगायतले सर्वोच्चमा उजुरी दिएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update