NRN
अधिवक्ता रुपेश कोइराला कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रुपेश कोइराला नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । मोरङको विराटनगर महानगरपालिका–९ का कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ, मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत हुन् ।

कोइरालालाई आइतवार दिउँसो १ः४५ बजे उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले दिए । 

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update