राष्ट्रिय सभाका लागि माओवादीले टुंग्यायो ६ उम्मेद्वारको नाम
राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रले ६ उम्मेद्वारको नाम टुंगो लगाएको छ ।
गठबन्धनले आज बिहान मात्रै सिटको भागबन्डा मिलाएको हो । भागबन्डाअनुसार आफ्नो भागमा ६ सिट परेपछि गठबन्धन बैठकलगत्तै पदाधिकारी बैठक बसेर माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी पदाधिकारी बैठकले कोशी प्रदेशमा चम्पा कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विक र सुदूरपश्चिम प्रदेशमा रेनु चन्दको नाम टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
१९ सिटका लागि माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सिट पाएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १५:४२
प्रतिक्रिया दिनुहोस्