NRN
केकभित्र गाँजा राखेर व्यापार गरेको आरोपमा एकजना पक्राउ

केकभित्र गाँजा राखेर बिक्री वितरण गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौंको घट्टेकुलोबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विसन मानन्धरलाई पक्राउ गरेको छ ।

ब्युरोका अनुसार मानन्धरले गाजा राखेर केकहरू इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत प्रयोगकर्तासम्म पुर्‍याउने गरेको प्रहरीको भनाइ छ । प्रहरीले गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, ७ सय ५४ ग्राम गाँजा उनको घरबाट बरामद भएको जनाएको छ ।

विगत एक वर्षदेखि मानन्धरले यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update