NRN
घट्याे मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य, अन्य मूद्राकाे कति ?  

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । साे सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य  घटेको छ ।

राष्ट्र बैंकले अनुसार सोमबार खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम भएकाे अमेरिकी डलर अघिल्लो दिनको तुलनामा २ पैसा घटेर आज एकको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा कायम गरिएको छ । 

सोमबार एकको खरिददर ८९ रूपैयाँ १३ पैसा र बिक्रीमा ८९ रूपैयाँ ५३ पैसा तोकिएको अष्ट्रेलियन डलर आज एकको खरिदमा भने ८८ रूपैयाँ ८१ पैसा र बिक्रीमा ८९ रूपैयाँ २१ पैसा पाइन्छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ १८ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६३ पैसा पाइन्छ । 

त्यसैगरी, अघिल्लो दिनको तुलनामा १ पैसाले घटेर आज युरो एकको खरिदमा १४५ रूपैयाँ २५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९० पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४८ पैसा पाइन्छ । 

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ । 

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ५४ पैसा र बिक्रीमा २८ रूपैयाँ ६७ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६९ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६५ पैसा तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update