नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले आफ्नो पदबाट दिए राजीनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको विवाद उत्पन्न भइरहेका बेला मङ्गलवार प्राधिकरणका अध्यक्ष खनालले राजीनामा दिएका हुन् । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका छन् ।
अध्यक्ष हुनु अघि खनाल प्राधिकरणकै वरिष्ठ निर्देशकको रूपमा कार्यरत रहेका थिए । तत्कालीन अध्यक्ष दिगम्बर झाले १५ पुस २०७५ राजीनामा दिएपछि २४ माघ २०७५ देखि खनाललाई सरकारले प्राधिकरणमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८० १३:२५
प्रतिक्रिया दिनुहोस्