NRN
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो

रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १०: ०० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको  थियो । उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए ।

यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update