NRN
तपश्वीको भेषमा अपराधको श्रृंखला मच्चाएका आरोपी बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद

हत्या, अपहरण र बलात्कारको आरोपमा पक्राउ परेका ‘तपस्वी’ भनिने रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ । 

बम्जन मंगलबार साँझ काठमाडौंको बुढानिकण्ठबाट पक्राउ परेका थिए । ​ 

तपश्वीको भेषमा अपराधको श्रृंखला मच्चाएको आरोपमा पक्राउ परेका बम्जनको घरमा छापामार्दा ३ करोड ३० लाख रुपैयाँका साथै १५ वटा मोबाइल, ३ ल्यापटप र ३५ वटा पेन ड्राइभ पनि बरामद गरेको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनको घर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा पनि भेटिएको छ ।

लिटिल बुद्ध उपनामले परिचित बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update