३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ
एपीएफ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा जारी बुधबार वीरेन्द्रनगरस्थित खुलामञ्चमा भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० ले हराँउदै विभागीय टिम एपीएफ फाइनलमा पुगेको हो ।
डिफेन्डिङ च्याम्पियन समेत रहेको एपीएफले गण्डकीलाई २५-२३, २५-२० र २५-१५ को सोझो ३ सेटमा पराजित गरेको थियो ।
अब फाइनलमा एपीएफले आजै हुने दोस्रो सेमिफाइनल खेलका विजेतासँग भिड्ने छ । दोस्रो सेमिफाइनल खेलमा समुह बी को विजेता आर्मी र समुह एको उपविजेता पुलिसबीच खेल हुने छ ।
प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० १३:३८
प्रतिक्रिया दिनुहोस्