NRN
दिनेशकुमार राई 'डिआर' को कथासंग्रह ‘खोक्पा’ लोकार्पण

दिनेशकुमार राई 'डिआर' को कथासंग्रह ‘खोक्पा’ लोकार्पण गरिएको छ । अनामनगरमा एक कार्यक्रमबीच शनिबार पुस्तक लोकार्पण गरिएको हो ।

संग्रहमा वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पारेको असर, जेष्ठ नागरिकले भोग्ने दु:ख, पर्यावरणलगायत विभिन्न विषयवस्तुका  ११ वटा कथा समावेश छन् । कृतिलाई पेज टर्नरले बजारमा ल्याएको हो ।

संग्रहमा ‘बुढो रुख’ कथाले प्रकृति र मानवको तुलना गर्दै बुढेसकालको एक्लो जीवनलाई चित्रण गरेको छ। ‘हराएको नाता’ मा लेखकले जीवनको अन्तिम अवस्थामा छोराबुहारीले आमालाई छाडेर विदेश गएको विषय उठान गरी मार्मिक कथा बुनेका छन् ।

वैदेशिक रोजगारीमा गएको बाबुले छोरीलाई ल्याइदिएको नयाँ बाकसभित्रको उपहारलाई विषय बनाएर उनले ‘नयाँ बाकस’ शीर्षकमा कथा समेटेका छन् । 

गीति लेखनमा ख्याति कमाउनुभएका डिआरका यसअघि डिआरको ‘नयाँ मोडहरूमा’ (गीतसंग्रह २०६३), ‘कान्तिपुरदेखि सन्दकपुरसम्म’ (यात्रा संस्मरण २०६६), ‘आत्मभाव’ (गीतसंग्रह २०७२), ‘तिलस्मी’ (उपन्यास २०७५), ‘सेन्टोसा’ (यात्रा संस्मरण २०७७), ‘समयको डोब’ (अनुभव र अनुभूति २०७७), ‘स्प्राउड अन द रक’ (तिलस्मीको अनुवाद २०७८) लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update