NRN
जिल्ला अदालत काठमाडौंले सुनायाे क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको हो ।

गौशाला २६ बलात्कार मुद्धामा अदालतले लामिछानेलाई तीन लाख जरिवाना समेत तोकेको छ ।

यसअघि उनलाई पुस १३ गते अदालतले बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update