सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले गर्यो निलम्बन
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनलाई निलम्बन गरेको जनाएको छ ।
उक्त विज्ञप्ति लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।
पीडित गौशाला-२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले ठहर गर्दै बुधबार सन्दीपलाई ८ वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० ११:३८
प्रतिक्रिया दिनुहोस्