नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ । गत सोमबारदेखि लगातार घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि घटेकाे छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तुलनामा यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएकाे चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।