न्यायाधीश विष्णु रेग्मीको इजलासमा बम्जनविरुद्धको मुद्दाको सुनुवाइ सुरु
हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनविरुद्धको मुद्दामा सर्लाही जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ ।
प्रहरीले बम्जनलाई बिहीबार जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरेपछि बम्जनविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हाे । न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १३:०९
प्रतिक्रिया दिनुहोस्