NRN
वीर अस्पतालमा आउने बिरामीले उपचारका क्रममा गुनासो गर्ने अवस्था आउनु भएन : प्रधानमन्त्री 'प्रचण्ड'

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएको भन्दै उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान न्याम्सका पदाधिकारीसँगको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए ।

वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको प्रधानमन्त्रीले  बताएका उनको सचिवालयले जनाएको छ । वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उनको जोड छ ।

उनले भने, 'बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले  गुनासो गर्ने अवस्था आउनु भएन।'

वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाएका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update