NRN
यस्ताे छ शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर, कुन मुद्राकाे कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रूपैयाँ १५ पैसा कायम गरिएको छ छ भने क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ १४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ५९ पैसा पाइन्छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ३८ पैसा काराेबार भइरहेको छ । 

त्यसैगरी, युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ५५ पैसा र बिक्रीमा १४६ रूपैयाँ २१ पैसा पाइन्छ । युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रूपैयाँ २५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ५३ पैसा र बिक्रीमा २८ रूपैयाँ ६६ पैसा पाइन्छ ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा तोकिएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २१ पैसा तोकिएको छ ।शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ३२ पैसा पाइन्छ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update