NRN
राष्ट्रपतिले गरे राष्ट्रनिर्माताकाे सालिकमा पुष्पहार अर्पण गरी सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा उनले आज बिहान पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् ।

राष्ट्रिय एकता दिवसकाे अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । विक्रम संवत् १७७९ मा जन्मिएका शाहको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु-याएको योगदानको स्मरण गर्दै मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । शाहको आज ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसकाे अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update