नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार अघिल्लो दिन अर्थात् शुक्रबार सुनको मूल्य आइतबार प्रतितोला छ सय रूपैयाँ बढेको हो ।
त्यसैगरी, शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।