नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घटेकाे छ ।
शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रूपैयाँ १५ पैसा कायम गरिएको अमेरिकी डलर आज राष्ट्र बैंकका अनुसार एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारााेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १७ पैसा घटेको हो । त्यस्तै, युरोपियन युरो अघिल्लो दिनको तुलनामा ५४ पैसा घटेर आज एकको खरिदमा आज १४५ रूपैयाँ ०१ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यसैगरी, शुक्रबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा कायम गरिएको बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४५ पैसामा काराेबार भइरहेकाे छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ५६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ०२ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४७ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७३ पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७२ पैसा पाइन्छ ।
यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५ रूपैयाँ ४६ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ ।
आइतबार मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४८ पैसा र बिक्रीमा २८ रुपैयाँ ६१ पैसा पाइन्छ । युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा पाइन्छ ।