NRN
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उम्मेदवारले प्रति उम्मेदवार तीन लाख पचास हजारसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको हो।

'२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६(१) सँग सम्बन्धित अनुसूची-१ ले रु.३,५०,०००।- (अक्षेरेपी रू. तीन लाख पचास हजार मात्र) सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ', आयोगले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।

उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नुपर्नेछ र  निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने आयोगको भनाई छ ।

 

 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update