NRN
तेस्रो पटक मेस्सी बने फिफा उत्कृष्ट वर्ष खेलाडी

अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले फिफा बेस्ट अवार्ड अन्तर्गत वर्षको ‘उत्कृष्ट पुरुष’ खेलाडी अवार्ड २०२३ जितेका छन् ।

मंगलबार विहान लन्डनमा सम्पन्न अवार्डमा मेस्सीले तेस्रो पटक फिफा द वेस्टमा ‘उत्कृष्ट पुरुष’ खेलाडीको अवार्ड जितेका हुन् । ३६ वर्षीय ‍मेसीले २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए ।

अमेरिकी क्लब इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई र सेन्ट जर्मेनका आक्रमणकारी केलियन एमबाप्पे पछि पार्दै सो अवार्ड हात पारेका हुन् । 

लन्डनमा आयोजित कार्यक्रममा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन् । सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर तर्फको अवार्ड जिते । सिटीले २०२२/२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल गरेको थियो ।

मेस्सीले जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सर्नुअघि पेरिस सेन्ट जर्मेनबाट २०२३ का सुरुवाती खेल खेलेका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update