NRN
अमेरिकी डलरसँगै युरो र अष्ट्रेलियन डलरको मूल्य घट्दा मंगलबार अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ।

सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसा पैसा कायम भएकाे अमेरिकी डलर राष्ट्र बैंककाे अनुसार आज एकको खरिददर १३२ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९२ पैसा काराेबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा घटेको हो।

त्यस्तै, युरोपियन युरो अघिल्लो दिनको तुलनामा  १४ पैसाले घटेर आज युरो एकको खरिदमा १४४ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४९ पैसा कायम भएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ १८ पैसा र बिक्रीमा ८८ रूपैयाँ ५८ पैसा पाइन्छ । सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९१ पैसा तोकिएको थियो ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ६१ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०६ पैसा पाइन्छ भने  बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६९ रूपैयाँ १९ पैसा तोकिएको छ ।

मंगलबार मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३४ पैसा र बिक्रीमा २८ रूपैयाँ ४७ पैसा पाइन्छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसामा काराेबार भइरहेकाे छ । 

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४४ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ५९ पैसा तोकिएको छ ।कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ५५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ५० पैसा पाइन्छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update