NRN
महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलभित्रै लडेर एक यात्रुको मृत्यु

महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धभएको प्रहरीले जनाएको छ ।

आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए । टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको जानकारीमा आएको डिएसपी अवाले बताए ।

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताए छ ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update