NRN
नेवा गुठी न्युयोर्कको अध्यक्षमा विजयमान सिंह विजयी

'नेवा गुठी' न्युयोर्कको नबाैं महाधिवेशन सम्पन्न भएकाे छ । महाधिवेशनले दुई बर्षकाे लागि नयाँ कार्य समिति चयन गरेकाे हाे । नयाँ कार्य समितिमा विजयमान सिंह पुनः निर्वाचित हुनु भएकाे छ । उक्त  महाधिवेशनमा विगत कार्यको प्रतिवेदन पेस गरिएको थियो । 

गुठीकाे महाधिवेशनकाे उद्घाटन संस्थाका संस्थापक बीके नेवाले गर्दै यसकाे उदेश्य र स्थापनाकाे बारेमा चर्चा गर्नु भएको थियो भने  संस्थापक अध्यक्ष आदित्य महर्जन, पूर्वअध्यक्ष समिर महर्जन सबैले नेवा गुठी बारे प्रकाश पार्नु भएकाे  थियो । 

सजना महर्जनले स्वागत भाषण गर्नुभएको थियाे भने उक्त कार्यक्रममा गुठीका महासचिव सन्तोष महर्जन र कोषाध्यक्ष हृदय तुलाधरले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । यस कार्यक्रमकाे प्रमुख अतिथि नेवा नखका अध्यक्ष महेन्द्र बज्राचार्यले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयाे । 

( कार्यक्रमका केहि झलकहरू ) 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update