नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार आज युरो बढेकाे छ भने डलरको मूल्य स्थिर रहेकाे छ ।
अघिल्लाे दिन एकको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज पनि साेहि मूल्यमा काराेबार भएरहेकाे छ । त्यस्तै, आइतबार एक युरोको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ ०५ पैसा तोकिएको युरो आज एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा पाइन्छ ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ७४ पैसा र बिक्रीमा ९९ रूपैयाँ १९ पैसा तोकिएको छ भने सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रूपैयाँ ५० पैसा र बिक्रीमा ८७ रूपैयाँ ८९ पैसा पाइन्छ ।
राष्ट्र बैंकले सोमबारको लागि साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५२ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा भने आज ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ ।
आज कुवेती दिनार एकको खरिदमा भने ४३० रूपैयाँ ९० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ८५ पैसा पाइन्छ भने बहराइन दिनार एकको खरिददर सोमबारको लागि ३५१ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३४ पैसा तोकिएको छ ।
युएई दिराम एकको खरिदमा आज ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ११ पैसा र बिक्रीमा २८ रूपैयाँ २४ पैसा पाइन्छ ।