NRN
पशुपति विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले रोकिदिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो । आदेशमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने कोषको निर्णय कार्यान्वयन नगर्न/नगराउन भनिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर अदालतले नियुक्ति खारेज गरेको छ । 

गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुन २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update