यतिबेला तपाई अष्ट्रेलियामा हुनु हुन्छ ? अनि आइटि पढ्दै हुनुहुन्छ र यसमै आफ्नो करिएर बनाएर अगाडि बढ्ने योजना र सोचमा हुनुहुन्छ भने तपाईहरूको योजना र सोचमा अब सिलिकन भ्याली टेक ऐकेडेमी सहयोगी बन्न सक्छ ।
यसको लागि तपाईहरूले फ्रेबुअरी २४ तारेखका दिन देखी सिड्नीको पारामाटामा रहेको सिलिकन भ्याली टेक ऐकेडमीमा सम्पर्क गर्नु सक्नु हुने छ । जहाँ तपाईहरूलाई अमेरीकाको सिलिकन भ्यालीमा काम गरेका तालिम प्राप्त ट्रेनरहरूले आइटी सम्बन्धी पढाउने छन् ।
कक्षामा आइटी कम्पनीमा काम कसरी हुन्छ ? आइटीको विधामा काम कसरी हुन्छ र त्यो विधामा कसरी रोजगारी पाउन सकिन्छ र सजिलो हुन्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिइएको छ । वल्ड क्लास आइटी ट्रेनिङ करियर कोचिङको रूपमा यो कार्यक्रम अगाडि बढाउन लागिएको हो ।
यो पहिलो पटक अष्ट्रेलियामा अमेरिकन उच्च स्तरको ट्रेनिङ हुन लागेको हो । यो ट्रेनिङमा अमेरिकाका बिभिन्न बिश्व चर्चित ट्रेनरहरू आएर करिएरका बारेमा शिक्षा दिने भएका छन् ।
विद्यार्थीहरूले त्यस दिन यी ट्रेनरहरूलाई आइटीका बारेमा बिभिन्न प्रश्नहरू सोध्न सक्ने छन् भने बिश्व चर्चित ट्रेनरहरूबाट प्राप्त गर्न सकिने यस्तो ज्ञान लिन पाईने अबसरलाई नछोड्न आग्रह गरिएको छ ।