नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेकाे विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर छ।
सोमबार एकको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा तोकिएको अमेरिकी डलर मंगलबार पनि साेहि मूल्यमा खरिद-बिक्री भइरहेकाे छ ।
त्यस्तै, नेपाली बजारमा आज युरोपियन युरोको मूल्य घटेको छ । सोमबार एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसामा काराेबार भएकाे युरो मंगलबार भने एकको खरिददर १४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९९ पैसा तोकिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य पनि घटेको छ । अघिल्लो दिन अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५० पैसा र बिक्रीदर ८७ रूपैयाँ ८९ पैसाकाराेबार भएकाे अष्ट्रेलियन डलर मंगलबार भने एकको खरिददर ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले मंगलबारको लागि साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५२ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा आज ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा आज ९८ रूपैयाँ ७९ पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा पाइन्छ ।
युएई दिराम एकको खरिदमा आज ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा भने २८ रूपैयाँ ०६ पैसा र बिक्रीमा २८ रूपैयाँ १८ पैसा पाइन्छ ।
त्यसैगरी, सोमबार दिनार एकको खरिददर ४३० रूपैयाँ ९० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ८५ पैसा तोकिएकोमा आज कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ९२ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ८७ पैसा तोकिएको छ ।
बहराइन दिनार एकको खरिददर मंगलबारको लागि ३५१ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३९ पैसा तोकिएको छ। यो अघिल्लो दिनको तुलनामा पाँच पैसा बढेकाे हो।