NRN
यू–१९ विश्वकप : नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेल्दै

आइसीसी यू-१९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । समुह 'डी' मा रहेको नेपालको यो खेल दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपाली समयअनुसार दिउँसो १:४५ बजेदेखि शुरु हुँदै छ । 

नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । 

यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदैछन् ।नेपाल समूह 'डी' मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् ।

नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।

विश्वकप खेल्ने नेपाली टिम:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

यस विश्वकपको समुह 'ए' मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् र समुह 'बी' मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङ्‌ल्याण्ड रहेका छन् । त्यस्तै, समुह 'सी' मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update