बुधबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीकाे कति ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
अघिल्लाे दिन अर्थात् आइतबारदेखि छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएकाे सुन महासंघका अनुसार आज पनि बजारमा साेहि मूल्यमा काराेबार भइरहेको छ । सुनको मूल्य स्थिर रहेको आज चौथो दिन हो ।
त्यसैगरी, महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो । अघिल्लाे दिनकाे तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० ११:२०
प्रतिक्रिया दिनुहोस्